मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतन्याहुसँग मिलेर सरकार गठन गर्न तयार छु, तर नेतृत्व मेरो हुनुपर्छ : आइजेनकोट

kendrabindu.com · Mon Nov 09 03:19:16 UTC 2026

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको आधिकारिक जिम्मेवारी पाएपछि विपक्षी नेता गादी आइजेनकोटले यस विषयमा बोलेका छन्। बीबीसी फारसीका अनुसार आइजेनकोटले भनेका छन्, ‘म वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनका अति-दक्षिणपन्थी सहयोगीमध्ये एकसँग मिलेर सरकारमा सामेल हुन सहमत छु, तर सरकार मेरो नेतृत्वमा गठन हुनुपर्नेछ।’

उनले नेतन्याहुको नेतृत्वमा रहेको लिकुड पार्टी र अति-दक्षिणपन्थी अर्थमन्त्री बेत्जालेल स्मोट्रिचको नेतृत्वमा रहेको धार्मिक जायनिस्ट पार्टीलाई नयाँ सरकारमा समावेश गर्न तयार रहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)