दैलेखमा जीप भीरमा खस्यो, चालकसहित ६ जना घाइते
baahrakhari.com · Mon Nov 09 03:24:41 UTC 2026

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१, काफल तोलीस्थित कर्णाली राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । कालीकोटबाट सुर्खेततर्फ बिरामी लिएर आउँदै गरेको जीप सडकबाट करिब ३०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
सोमबार (कात्तिक २३) बिहान करिब ४ः४५ बजे कर्णाली प्रदेश १२१५ नम्बरको डबल क्याप जीप अनियन्त्रित भई सडकबाट खसेको कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)