दसैँको टीकामा घर पुग्ने योजनासहित असोज २९ देखि सुरुङ खन्दै थिए कैदी
baahrakhari.com · Mon Nov 09 03:24:49 UTC 2026

सुर्खेत । डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठजना कैदीबन्दीमध्ये प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र चारजनालाई जिल्ला प्रहरी कार्यालय डोल्पाले नियन्त्रणमा लिएको हो । दुईजना अझै फरार छन् ।
कार्तिक १४ गते बिहान ६ बजे सुरुङ खनेर कारागारबाट फरार भएका उनीहरूले असोज २९ गतेदेखि नै भाग्ने योजना बनाएको खुलेको छ । दसैँको टीकाका दिन घर पुग्ने गरी उनीहरूले योजना बनाएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनय सिंहले बाह्रखरीलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)