गण्डकीमा वर्षा र बाढीपछिको पुनः निर्माण योजना बनाउन उच्चस्तरीय समिति गठन
ratopati.com · Mon Nov 09 03:37:45 UTC 2026

पोखरा । गत असोज महिनाको अविरल वर्षा र बाढीपहिरोले गण्डकीका अधिकांश जिल्लामा ठूलो क्षति भयो । खासगरी पर्वत, म्याग्दी, बागलुङ सहित लमजुङ, मनाङ लगायत जिल्लामा बढी क्षति भयो । धेरै धनजनको क्षति उक्त बाढी र पहिरोबाट भएको छ । धेरैजसो अझै अस्थायी आवासमा बसिरहेका छन् ।
उक्त समयमा पुर्याएको क्षतिको वैज्ञानिक आँकलन तथा व्यवस्थित पुनर्निर्माण योजना बनाउन गण्डकी प्रदेश सरकारले पहिलो पटक विपद्पछिको आवश्यकता आँकलन प्रक्रिया अघि बढाएको छ । यसका लागि प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाको संयोजकत्वमा १३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)