मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्खास्तीमा परेका गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शर्मा अदालत जाने

ratopati.com · Mon Nov 09 03:34:52 UTC 2026

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का सदस्य सचिव श्रीधर शर्मालाई गण्डकी प्रदेश सरकारले बर्खास्त गरिदिएपछि उनी अदालत जाने भएका छन् । सरकारको निर्णय गैरकानूनी र अदालतको अवहेलनाजन्य भएको भन्दै उनले आफू कानूनी उपचारमा जाने बताएका हुन् ।

मन्त्रिपरिषद्को कात्तिक १८ गते बसेको बैठकले शर्माले स्पष्टीकरण समेत नदिएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो । आफूलाई पदमुक्त गरिएको खबर सञ्चारमाध्यमबाट थाहा पाएको शर्माको गुनासो छ । यता, सामाजिक विकास मन्त्रालयका सचिव शेषनारायण पौडेलले भने सबै जानकारी गराइसकिएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)