हरिचौर—मल्म पाण्डवखानी सडक : ठेक्काको चार वर्षपछि कालोपत्र तयारी
gorkhapatraonline.com · Mon Nov 09 03:33:52 UTC 2026

पश्चिम बागलुङको रणनैतिक महत्व बोकेको सडक निर्माण थालेको चार वर्षपछि कालोपत्रको चरणमा पुगेको छ । दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको उक्त सडक निर्माण व्यवसायी पटक—पटक हराएपछि काम अहिले सुरुभएको हो ।
स्थानीय स्तरको चर्को दवावकाबिच अहिले कालोपत्रको चरणमा पुगेको हो । निर्माणमा ढिलासुस्तीकाबिच बागलुङको एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्तर्गत पर्ने हरिचौर—मल्म—पाण्डवखानी सडक कालोपत्रको चरणमा पुगेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)