मेसीको ऐतिहासिक कीर्तिमान
lokaantar.com · Mon Nov 09 03:53:26 UTC 2026
इन्टर मियामीका महान् फरवार्ड लियोनेल मेसीले अमेरिकी मेजर लिग सकर (एमएलएस) को इतिहासमा नयाँ कीर्तिमान रचेका छन्। उनी लगातार दुई सिजन 'गोल्डेन बुट' जित्ने एमएलएस इतिहासकै पहिलो खेलाडी बनेका हुन् ।
आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै ३९ वर्षीय अर्जेन्टिनी स्टारले सन् २०२६ को नियमित सिजनमा ३१ खेल खेल्दै २६ गोल गरे र लिगको शीर्ष गोलकर्ता बन्न सफल भए। गत सिजन उनले २९ गोल गरेका थिए। यो उपाधि नियमित सिजनको अन्तिम दिनमा टुंगो लागेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)