उत्पादन बढेपछि फूलको मूल्य घट्यो
khabarhub.com · Mon Nov 09 03:51:43 UTC 2026

सुनसरी– यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ । गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी घाटामा परेका छन् ।
विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताए । उनले किसानबाट प्रतिमुठा ८० मा खरिद गरेको फूल अहिले बजारमा ५० रुपैयाँमा बिक्री गर्नुपरेको बताए । गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)