पर्यटकीय गन्तव्य मोहरे डाँडाबाट देखियो मनमोहक दृश्य
gorkhapatraonline.com · Mon Nov 09 03:55:20 UTC 2026

म्याग्दीको पर्यटकीय गन्तव्य मोहरे डाँडाबाट आइतबार बिहान देखिएको हिमशृङ्खलाको सुन्दर दृश्य देखिएको छ । हिमाल, पहाड र मनोरम भू–दृश्यले मोहरेडाँडाको सौन्दर्यलाई थप आकर्षक बनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८, राम्चे गाउँको शिरमा रहेको मोहरेडाँडा रमणीय हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिने उत्कृष्ट पर्यटकीय गन्तब्य हो । मोहरेडाँडा ३ हजार तीनसय १० मिटरको उचाइँमा पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)