मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दीपावली र छठ : परम्परागत पुर्ख्यौली सीपबाट आर्जनको अवसर

khabarhub.com · Mon Nov 09 04:03:22 UTC 2026

महोत्तरी– मधेसको मिथिला क्षेत्र अहिले दीपावली र छठ पर्वको उमङ्गमा छ । कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावली पर्व अहिले जारी छ । दीपावली र यो सम्पन्न भएलगत्तैको छठ पर्वको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्र अहिले पर्वमय बनेका छन् । यी पर्व परम्परागत सीप भएका यहाँका जाति, समुदायका लागि आर्जनको अवसर बन्दै आएका छन् ।

आर्थिक रूपमा पछिपरेका यहाँका कुम्हाल, बिन र डोम समुदाय अहिले आफ्नो पुर्ख्यौली पेसाको सीप बिक्ने अवसरले उत्साहित छन् । कुम्हालको माटाका भाँडा बनाउने र बिन एवं डोमको बाँसका कप्टेरा र चोयाबाट छिटी, नाङ्लो, चाल्नो र ससाना कनसुपीलगायत सामग्री बनाउनु पुर्ख्यौली पेसा हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)