बंगलादेश फर्किने तरखरमा शेख हसिना, अदालतमा आत्मसमर्पण गर्ने तयारी
lokaantar.com · Mon Nov 09 04:18:35 UTC 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको स्वैच्छिक निर्वासनबाट स्वदेश फर्कने स्पष्ट संकेत दिएकी छिन्। सन् २०२४ मा भएको रक्तपातपूर्ण जनआन्दोलनका कारण सत्ताच्युत भएर देश छाडेकी हसिनाले पहिलोपटक नयाँ राहदानी (पासपोर्ट) र राष्ट्रिय परिचयपत्रका लागि आधिकारिक रूपमा अनुरोध गरेको रोयटर्सले खुलासा गरेको हो ।
हसिनाको यो कदमले दुई वर्षभन्दा बढी समयदेखि भारतमा बस्दै आएकी उनी आगामी डिसेम्बर महिनामा बंगलादेश फर्किने आफ्नो योजनालाई मूर्तरूप दिन सक्रिय रहेको देखाएको समाचारमा उल्लेख छ । यसले प्रतिबन्धित भइसकेको उनको दल अवामी लिग सक्रिय रहेको बंगलादेशको राजनीतिमा फेरि नयाँ राजनीतिक र कानुनी तनाव उत्पन्न गर्न सक्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)