घरदैलोमै पुगेर विद्यार्थीको पढाइ र शैक्षिक अवस्थाबारे बुझ्दै जामुनाखर्क विद्यालय
khabarhub.com · Mon Nov 09 04:22:59 UTC 2026

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ ।
दसैँतिहारको लामो बिदामा विद्यार्थीले घरमा कसरी समय बिताइरहेका छन् ?, गृहकार्य गरेका छन् कि छैनन् ?, पर्वसँगै प्रयोगात्मक सीप सिकिरहेका छन् कि छैनन् ?, घरमा पढ्ने वातावरण कस्तो छ ?, अभिभावकले पढाइप्रति कस्तो चासो राखेका छन् ? लगायत प्रश्नको जवाफ खोज्दै विद्यालयले घरदैलो अभियान सञ्चलन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)