सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या
bishowkhabar.com · Mon Nov 09 04:17:40 UTC 2026

काठमाडौं – सिँचाइ सुविधाको अभाव र प्रतिकूल मौसमका कारण डडेल्धुरामा हिउँदे खेती विस्तार हुन सकेको छैन । बर्खायाममा खेतीपाती गर्ने किसानले हिउँद लागेसँगै अधिकांश जमिन बाँझै छाड्ने गरेका छन् । पर्याप्त पानी नहुनु, चिसो मौसम र शीतका कारण बालीमा क्षति पुग्ने जोखिमले किसान हिउँदे खेतीप्रति आकर्षित हुन नसकेका हुन् ।
कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लामा १९ हजार २६८ हेक्टर खेतीयोग्य जमिन रहेकामा १० हजार १९२ हेक्टरमा मात्रै खेती भइरहेको छ । त्यस्तै, खेती भइरहेको क्षेत्रफलमध्ये छ हजार ८९९ हेक्टरमा सिँचाइ सुविधा पुगेको छैन भने तीन हजार २९३ हेक्टरमा मात्रै सुविधा उपलब्ध रहेको केन्द्रका सूचना अधिकारी रामसिंह बोहराले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)