मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँको टीकामा घर पुग्ने योजनासहित असोज २९ देखि सुरुङ खन्दै थिए कैदी

barnanmedia.com · Mon Nov 09 04:18:46 UTC 2026

डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठजना कैदीबन्दीमध्ये प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र चारजनालाई जिल्ला प्रहरी कार्यालय डोल्पाले नियन्त्रणमा लिएको हो । दुईजना अझै फरार छन् ।

कार्तिक १४ गते बिहान ६ बजे सुरुङ खनेर कारागारबाट फरार भएका उनीहरूले असोज २९ गतेदेखि नै भाग्ने योजना बनाएको खुलेको छ । दसैँको टीकाका दिन घर पुग्ने गरी उनीहरूले योजना बनाएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनय सिंहले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)