मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार : प्रकृति, संस्कृति र आत्मीय सम्बन्धको पर्व

ajakoartha.com · Mon Nov 09 04:07:00 UTC 2026

तिहार नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान बोकेको महत्वपूर्ण धार्मिक तथा सामाजिक पर्व हो। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वलाई यमपञ्चक तथा दीपावलीका नामले पनि चिनिन्छ। वैदिक सनातन परम्पराअनुसार मनाइने तिहार धार्मिक आस्था, प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक आत्मीयता र सामाजिक सद्भावको अनुपम सङ्गम हो।

मानव सभ्यताको विकासक्रमलाई हेर्दा प्रकृति, पशुपक्षी र मानवीय सम्बन्धको योगदान अतुलनीय रहेको छ। मानव जीवनको संरक्षण, विकास र समृद्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पु¥याउने प्रकृति र जीवजन्तुप्रति सम्मान प्रकट गर्ने विशिष्ट अवसरका रूपमा पनि तिहारलाई लिन सकिन्छ। त्यसैले तिहार केवल धार्मिक अनुष्ठानमा मात्र सीमित पर्व होइन, यसले सम्पूर्ण मानव सभ्यताको विकासमा प्रकृतिको भूमिकालाई स्मरण गराउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)