मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्सामा पटाका पड्काउने क्रममा एक बालकको मृत्यु

annapurnapost.com · Mon Nov 09 04:39:25 UTC 2026

वीरगन्ज : पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा शरीरमा आगोले पोलेर घाइते भएका एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।

स्थानीय बासिन्दाका अनुसार सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पोलेर गम्भीर घाइते भई बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा रामगुलाम सहनीले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)