बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल जलेर नष्ट
hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

धनगढी। कैलालीको धनगढीसँग सीमा जोडिएको भारतको बनगाउँ बजारमा आइतबार राति भीषण आगलागी भएको छ। आगलागीबाट करिब ६० ओटा पसल जलेर नष्ट भएको स्थानीय व्यवसायीले बताएका छन्।
नेपाली ग्राहकलाई लक्षित गरी सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायतअन्तर्गत पर्ने बनगाउँ बजारमा आगलागी भएको हो। व्यवसायी दीपक अग्रवालका अनुसार एउटा भाँडा पसलमा विद्युत्को तार सर्ट भएर साँझ आगलागी शुरू भएको थियो। समयमै आगो नियन्त्रणमा लिन नसक्दा बजारभर फैलिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)