मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँगको वार्तामा प्रगति नभएको रुबियोको भनाइ

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन्। तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै उनले तत्काल कुनै सम्झौताको सम्भावना नरहेको स्पष्ट पारेका छन्।

जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको नजिक नपुगेको जानकारी दिए। राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानकै पक्षमा रहे पनि इरानका सर्तहरू व्यावहारिक नभएको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)