मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको मध्यप्रदेशमा दीपावलीको रात दुई घरमा भीषण आगलागी, १२ जनाको मृत्यु

ratopati.com · Mon Nov 09 04:54:47 UTC 2026

नयाँदिल्ली । दीपावलीको रात भारतको मध्यप्रदेश राज्यमा छुट्टाछुट्टै घरमा भीषण आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । कटनी र सिवनी जिल्लामा भएका दुई फरक घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

मध्यप्रदेशको कटनी जिल्ला सदरमुकामबाट करिब ५५ किलोमिटर टाढा रहेको बरही कस्बामा आइतबार राति करिब ११ः३० बजे भीषण आगलागी भएको थियो । पूरन अग्रवाल र रितेश अग्रवालको भाँडाकुँडा पसलमा अचानक आगो लागेको थियो । पसलमाथि नै उनीहरूको परिवार बस्दै आएको तीनतले घर थियो । पसलबाट सुरु भएको आगो केही समयमै पूरै भवनमा फैलियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)