मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने

annapurnapost.com · Mon Nov 09 04:53:35 UTC 2026

काठमाडौं : मुक्तिनाथ विकास बैंकले साना तथा मझौला उद्यम क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मी पूजाको अवसर पारेर २०८३ कार्तिक २२ गतेदेखि ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ । यो विशेष अभियान २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ ।

‘एसएमई महोत्सव’ अन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीहरूका लागि आकर्षक कर्जा सुविधा उपलब्ध गराएको छ। यस योजनाअन्तर्गत मुक्तिनाथ विकास बैंकमा व्यवसाय कर्जा स्वाप गर्दा आधार दरमा शून्य प्रतिशत प्रिमियममा कर्जा सुविधा प्राप्त गर्न सकिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)