१० दिनको सिकारमा ३९ बाघ र १८ गैँडा मार्ने राजा जर्ज पाँचौँको त्यो क्रू*र शाही यात्रा!
barnanmedia.com · Mon Nov 09 04:57:19 UTC 2026

सन् १९११ डिसेम्बरमा बेलायतका राजा जर्ज पाँचौँ भारतका सम्राट बनेको केही समयपछि नेपालको तराईमा शाही सिकार यात्राका लागि आएका थिए। तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको निमन्त्रणामा नेपाल आएका उनको स्वागतका लागि १२ हजार मानिसको विशाल टोली परिचालन गरिएको थियो। सैनिक, सेवक, शिकारी र हात्तीहरूको लस्करसहित राजा नेपालको घना जंगलमा प्रवेश गरेका थिए।
१० दिनसम्म चलेको उक्त सिकार अभियानमा राजा जर्ज पाँचौँको टोलीले ३९ वटा बाघ, १८ वटा गैँडा र ४ वटा भालु मा*रेको विवरण पाइन्छ। त्यसबाहेक अन्य धेरै वन्यजन्तु पनि मारिएका थिए। ती जनावरको सिकारलाई तस्बिरमा कैद गरिन्थ्यो र शाही शक्ति तथा बहादुरीको प्रतीकका रूपमा प्रस्तुत गरिन्थ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)