मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सी र पुटिनसँग इरान युद्ध र आणविक निःशस्त्रीकरणबारे छलफल गर्ने ट्रम्पको भनाइ

kendrabindu.com · Mon Nov 09 05:06:46 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ र रुसी समकक्षी सी चिनफिङ र भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सी र पुटिनसँगको बैठकमा आणविक निःशस्त्रीकरणसहित विभिन्न विषयमा छलफल हुने बताए । “मलाई लाग्छ, राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग एउटा बैठक हुनेछ । त्यो निकै रोचक हुनेछ । हामी आणविक निःशस्त्रीकरणलगायत धेरै विषयमा कुरा गर्नेछौँ,” उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)