मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

nagariknews.nagariknetwork.com · Mon Nov 09 05:21:14 UTC 2026

तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ। जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो।

अदालतका अनुसार उक्त अवधिमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)