मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दैलेख जिप दुर्घटना, एक जनाको मृत्यु (अपडेट)

ratopati.com · Mon Nov 09 05:28:27 UTC 2026

दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा भएको सो दुर्घटनामा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्ला कालिकोट सन्नित्रिवेणी गाउँपालिका ६ बस्ने वर्ष ४१ का रने सार्की रहेका छन् । उनको सोमबार बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)