मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० बजेपछि देउसी-भैलो खेल्न नपाइने

annapurnapost.com · Mon Nov 09 05:20:51 UTC 2026

स्याङ्जा : स्याङ्जा जिल्ला प्रशासनले देउसी–भैलो खेल्ने समयसीमा रातको १० बजेसम्मकालागि तोकेको छ। चाडपर्वलाई व्यवस्थित र मर्यादित बनाउन प्रशासनले देउसी–भैलोलगायतका अन्य सांस्कृतिक कार्यक्रम १० बजेसम्म मात्र सञ्चालन गर्न एक सूचनामार्फत प्रशासनले सूचित गराएको हो।

नेपालीहरूको महान् चाडपर्वको अवसरमा शान्ति,सुरक्षा र सामाजिक सद्भाव कायम राख्दै चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ। चाडपर्वका समयमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा धार्मिक, सांस्कृतिक र सामाजिक मर्यादा कायम राख्न सबैमा अनुरोध गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)