अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन १ प्रतिशतभन्दा बढीले बढ्यो, कारण यस्तो
ratopati.com · Mon Nov 09 05:35:00 UTC 2026

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार १ प्रतिशतभन्दा धेरैले बढेको छ । कच्चा तेलको मूल्य घटेसँगै मुद्रास्फीति बढ्ने चिन्ता कम हुनु र अमेरिकी डलर कमजोर बन्नुले सुनको मूल्यमा वृद्धि भएको हो ।
अमेरिकी मुद्रास्फीतिसम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक हुनुअघि लगानीकर्ताहरूले बजारको अवस्था मूल्यांकन गरिरहेका छन् । साथै, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी दिनमा लिने मौद्रिक नीतिबारे थप संकेतको प्रतीक्षा भइरहेका बेला सुनको मूल्य बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)