महाराजगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ratopati.com · Mon Nov 09 05:33:15 UTC 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर–३ स्थित महाराजगन्जमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ–२९ मैतीदेवी घर भएका १८ वर्षीय रुद्राक्ष बस्नेत छन् ।
बसुन्धाराबाट सुकेधारातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०० ६ ख ६७६६ नम्बरको बस र टिचिङ अस्पतालबाट बाँसबारी तर्फ जाँदै गरेको बा.प्रदेश–०२–०६३ प ८२९९ नम्बरको मोसा आपसमा ठोक्किएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । सोमबार बिहान दुर्घटना भएपछि मोटरसाइकल चालकलाई उपचारका लागि नजिकै रहेको मेट्रो अस्पतालमा पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)