विषादी सेवन गरेकी बिरामीलाई सुर्खेत लैजाँदै गरेको जिप दुर्घटना, एकजनाको मृत्यु
kendrabindu.com · Mon Nov 09 05:47:01 UTC 2026

दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्लाको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार भएको दुर्घटनामा कालिकोटको सन्नित्रिवेणी गाउँपालिका–६ निवासी ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो । उनको उपचारका क्रममा सोमबार बिहान ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)