अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल
kendrabindu.com · Mon Nov 09 05:49:46 UTC 2026

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार १ प्रतिशतभन्दा बढीले बढेको छ । कच्चा तेलको मूल्यमा आएको गिरावट, अमेरिकी डलर कमजोर हुनु र मुद्रास्फीति बढ्ने चिन्ता कम भएसँगै सुनको मूल्यमा वृद्धि भएको हो ।
अमेरिकी मुद्रास्फीतिसम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक हुनुअघि लगानीकर्ताहरू बजारको अवस्था मूल्यांकन गरिरहेका छन् । साथै, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आगामी मौद्रिक नीतिबारे थप संकेतको प्रतीक्षामा रहेका बेला सुनको मूल्य बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)