त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती
gorkhapatraonline.com · Mon Nov 09 06:05:27 UTC 2026

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ ।
निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालिकमा पनि माल्यार्पण गर्नुभयो । काव्यसभामा कवि यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)