मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

महाकवि देवकोटाको ११८औँ जयन्तीमा त्रिमूर्ति निकेतनमा माल्यार्पण

bishowkhabar.com · Mon Nov 09 06:11:30 UTC 2026

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण तथा कविता वाचन कार्यक्रम आयोजना गरिएको छ ।त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गरे । सोही अवसरमा उनले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समका पूर्णकदका सालिकमा पनि माल्यार्पण गरे । कार्यक्रममा आयोजित काव्यसभामा कवि यादव भट्टराई, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गरेका थिए ।

कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा। केशव सुवेदी, बालकृष्ण सम फाउन्डेसनका कार्यवाहक संयोजक डा. यादव भट्टराई, महाकवि देवकोटा प्रतिष्ठानका संयोजक प्राडा. महादेव अवस्थी, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्तिले देखाएको साहित्यिक र सिर्जनात्मक बाटोमा अघि बढ्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)