मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतमा जुवा खेलिरहेका ५५ जना पक्राउ, १२ लाख ५३ हजार रुपैयाँभन्दा बढी बरामद

nepalpress.com · Mon Nov 09 06:13:43 UTC 2026

सुर्खेत । जुवा खेल्ने तथा सट्टाबाजी गर्ने गरेको आरोपमा सुर्खेत प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कात्तिक २२ गते राति वीरेन्द्रनगरका विभिन्न स्थानमा हारजित हुने गरी नगद रकम राखेर जुवा खेलिरहेको सूचनापछि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)