मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि किन धर्मसंकटमा छन् ? बालेनसँग टकराव गर्न नसक्नुका यी पाँच कारण [भिडियोसहित]

kendrabindu.com · Mon Nov 09 06:14:01 UTC 2026

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचको शक्ति सन्तुलन, सरकार सञ्चालनको शैली र पार्टीको भूमिकालाई लिएर देखिएको मतभेदले सत्तारूढ दलभित्र नयाँ राजनीतिक बहस सिर्जना गरेको छ । सरकार सञ्चालनमा प्रधानमन्त्रीले पार्टी नेतृत्वको निर्देशन र समन्वयलाई बेवास्ता गरेको आरोप लागिरहेका बेला पार्टीका वरिष्ठ नेताहरूले समेत सरकारको कार्यशैलीप्रति सार्वजनिक असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

रास्वपाले झण्डै दुई तिहाइको जनमतसहित पाँच वर्ष सरकार सञ्चालन गर्ने म्यान्डेट पाएको छ। पुराना राजनीतिक दलहरूको सत्ता संघर्ष, अस्थिरता र आपसी विवादबाट आजित भएका जनताले राजनीतिक स्थिरता र नयाँ राजनीतिक संस्कृतिको अपेक्षासहित रास्वपालाई नयाँ शक्तिको रुपमा अवसर दिएका हुन्। तर, सरकार गठन भएको नौ महिना नपुग्दै पार्टी र सरकारबीच अविश्वास तथा शक्ति संघर्षका संकेत देखिनु स्वाभाविक रूपमा चिन्ताको विषय बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)