मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी नेतृत्वमा सरकारको निर्णय र राष्ट्रिय हित

barnanmedia.com · Mon Nov 09 06:13:15 UTC 2026

नेपाल सरकारले २०८३ कार्तिक १८ गते नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ। गत वर्ष कार्तिक २४ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले महानिरीक्षक नियुक्त गरेका कार्कीको कार्यकाल नयाँ सरकार गठनसँगै विवादरहित रहन सकेन।

गत फागुनमा सम्पन्न आमनिर्वाचनबाट करिब दुई तिहाइ जनमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रधानमन्त्री बने। तर, अघिल्लो सरकारले नियुक्त गरेका प्रहरी प्रमुख नै पदमा बहाल रहे। पछिल्ला दिनमा प्रधानमन्त्री र प्रहरी नेतृत्वबीच असमझदारी बढ्दै गएको थियो। विशेषगरी इनाम सापकोटाको गिरफ्तारीपछि प्रहरी हिरासतमा रहेका व्यक्तिका बयान र सूचनाहरू सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक हुँदा सरकार र प्रहरी नेतृत्वबीचको सम्बन्ध थप जटिल बनेको थियो। यसले भ्रम, विवाद र अविश्वासलाई बढावा दियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)