मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन महिनामै भित्रियाे पौने १२ करोडको तास

kendrabindu.com · Mon Nov 09 06:53:28 UTC 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ११ करोड ६८ लाख रुपैयाँभन्दा बढीको तास आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्म दसैँ–तिहारलाई लक्षित गरी ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास भित्रिएको हो।

उक्त अवधिमा ३४ लाख २२ हजार ६६१ बट्टा तास आयात भएको विभागको तथ्याङ्कले देखाएको छ। एकातिर प्रहरीले गाउँदेखि सहरसम्म जुवातास खेल्नेहरूलाई पक्राउ गर्ने अभियान चलाइरहेको छ भने अर्कोतिर भन्सार नाकाबाट लाखौँ बट्टा तास भित्रिने क्रम जारी छ। तास आयातबाट सरकारले उल्लेख्य राजस्वसमेत सङ्कलन गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)