घोप्टेभीरको पहिरो पन्छाउन अझैं एक घण्टा लाग्ने
annapurnapost.com · Mon Nov 09 07:05:34 UTC 2026

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा खसेको सुख्खा पहिरो पन्छाउन अझैं एक घण्टा लाग्ने भएको छ। निर्माण कम्पनीका गणेश खड्काका अनुसार एक घण्टाभित्र पहिरो पन्छाएर अवरुद्ध सडक सुचारु हुनेछ।
सोमबार बिहान करिब ५ बजे सडकमाथिबाट ठूलो परिमाणमा ढुंगा र माटोसहितको पहिरो खसेर सडक ढाकेको हो। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौं र चितवनतर्फ जाने तथा आउने सवारीसाधनको आवागमन प्रभावित बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)