मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिरामी बोकेको बोलेरो दैलेखमा दुर्घटना, ६ जना घाइते

nepalpress.com · Mon Nov 09 07:19:21 UTC 2026

कालीकोट। कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जीप सोमबार बिहान ८ बजे दुर्घटना भएको छ । दैलेखको गुराँस गाउँपालिका-१ काफलतोलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्की र २७ वर्षीया जादुकला सार्कीसहित कुरुवा बोकेर गएको कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी चौकी तल्लो डुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)