मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

reportersnepal.com · Mon Nov 09 07:23:23 UTC 2026

भक्तपुर । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज यहाँ सांस्कृतिक भिन्तुना र्‍याली भएको छ । नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना -याली आयोजक समितिद्वारा स्थानीय सूर्यमढी र टौमढीबाट मौलिक पहिचानका वेशभूषा र बाजागाजासहित सुरु भएको र्‍यालीले नगरपरिक्रमा गरेको थियो ।

उक्त -याली विभिन्न टोल तथा बजार परिक्रमापछि दरबार स्क्वायरमा पुगेर सभामा परिणत भएको थियो । नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित -यालीले भक्तपुरका सांस्कृतिक वैभवलाई प्रदर्शन गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)