एनभिडियाका सीईओ जेन्सेन ह्वाङको बचाउमा ट्रम्प
onlinekhabar.com · Mon Nov 09 07:15:19 UTC 2026

२३ कात्तिक, काठमाडौं । आर्टिफिसियल इन्टेलिजन्स क्षेत्रको दिग्गज कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको अनुचित सम्बन्धको विवादमा तानिएका छन्। कम्पनीको सञ्चालक समितिले ह्वाङमाथि आन्तरिक छानबिन सुरु गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने उनको बचाउमा उत्रिएका छन्।
आइतबार राति पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ह्वाङले कुनै गलत काम गरेको जानकारी आफूलाई नभएको बताएका छन्। आगामी साता हुन लागेको आफ्नो एसिया भ्रमणमा ह्वाङलाई साथै लैजाने हो कि होइन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मलाई ठ्याक्कै थाहा छैन, तर म पक्कै पनि उनलाई लैजान चाहन्छु। उनले केही गलत गरेका छन् भन्ने मैले सुनेको छैन। उनी कसैसँग नजिक भए, तर त्यस्तै सम्बन्ध अरू धेरैको पनि हुन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)