इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी
khabarhub.com · Mon Nov 09 07:22:20 UTC 2026

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन् । उनले इरानका मागहरू अस्वीकार्य र अव्यावहारिक रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको बताएका हुन् ।
जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता निष्कर्षमा पुग्न नसकेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको उल्लेख गर्दै उनले तेहरानका मागलाई अस्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)