बिजुली पसलमा भीषण आगलागी, पाँच करोड भन्दा बढीको क्षति
gorkhapatraonline.com · Mon Nov 09 07:32:11 UTC 2026

नेपालगन्ज, कात्तिक २३ गते । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ कोरियनपुरस्थित लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स र जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा भीषण आगलागी हुँदा पाँच करोड भन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार अमर ओलीले संचालन गरेको एकै स्थानमा रहेका ती फर्महरुमा विद्युतको तार सर्ट भई आइतबार राती आगलागी भएको थियो । बिजुलीका सामानको गोदाम भएका कारण आगलागीबाट धेरै क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पाँच करोड भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)