मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

annapurnapost.com · Mon Nov 09 07:26:05 UTC 2026

काठमाडौं :नुवाकोट विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा तीनजनाको मृत्यु भएको छ । सोमबार बिहान करिब ११ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोट विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ,नुवाकोट विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीय बिन्दा थापा मगर र सोही स्थान बस्ने २७ वर्षीया सुनिता थापा मगरको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)