पटकाको छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

पर्सा । पर्साको पकाहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् ।
प्रहरीका अनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो । छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)