तिहारले ‘विविधतामा एकता’को राष्ट्रिय भावनालाई थप बलियो बनाउँछ : उपराष्ट्रपति यादव
bishowkhabar.com · Mon Nov 09 07:46:45 UTC 2026

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र आपसी सद्भावका माध्यमबाट जोड्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
तिहार (शुभ दीपावली) २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासले समृद्ध मुलुक भएको उल्लेख गर्नुभएको छ । तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँध्दै ‘विविधतामा एकता’को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)