मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारले सद्भाव र सुशासनको मार्गमा डोहोर्‍याओस्: राष्ट्रपति पौडेल

lokaantar.com · Mon Nov 09 07:48:19 UTC 2026

राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन् । तिहार पर्व २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको बताए ।

नेपालको मौलिक संस्कृति संरक्षण गर्ने महत्त्वपूर्ण कडीका रूपमा तिहार रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भाइटीका लगाउने, म्हपूजा गर्नाले प्रेम र स्नेह, सामाजिक एकता र समृद्धि, धर्म, दया र करुणा तथा अन्धकारमाथिको प्रकाशको विजय जस्ता सन्देश प्रवाह गरेको जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)