मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चितवनको पहाडी क्षेत्र उपरदाङ्गढीमा टेलिकमको टावर, नेटवर्क समस्याको समाधान

barnanmedia.com · Mon Nov 09 07:54:06 UTC 2026

: चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढीमा नेपाल टेलिकमले टावर जडान गरेको छ । टावर नहुँदा त्यस क्षेत्रमा फोन नलाग्ने, इन्टरनेट नचल्ने समस्या बर्षौदेखि झैल्दै आएका स्थानीयवासी टावर जडान भएपछि सेवा सहज भएको महसुस गरेका छन् ।

स्थानीयको पहल र नेपाल टेलिकमको प्राविधिक टोलीको सक्रियतामा उपरदाङ्गढीमा नेटवर्क सेवा सुचारु भएको हो । टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सो क्षेत्रमा टेलिकमको नेटवर्क कमजोर भएकाले टावर निर्माण गरिएको बताउनुभयो । पर्यटकीय गन्तव्यका हिसाबले महत्त्वपूर्ण क्षेत्र भएकाले टेलिकमले प्राथमिकता दिएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)