मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

kendrabindu.com · Mon Nov 09 08:05:10 UTC 2026

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। सोमबार बिहान करिब ११ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ की ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। तीनैजनाको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)