‘छोरीको विवाह भयो भन्दैमा अभिभावकको जिम्मेवारी सकिँदैन’ : झमक घिमिरेको भावुक सन्देश
barnanmedia.com · Mon Nov 09 08:27:07 UTC 2026

२३ कात्तिक, काठमाडौं । नेपाली साहित्यकार झमक घिमिरेले अमेरिकामा भएको ममता काफ्ले भट्ट प्रकरणलाई लिएर अभिभावकलाई भावुक सन्देश दिएकी छन् । उनले छोरीको विवाह भएपछि अभिभावकको जिम्मेवारी समाप्त नहुने भन्दै छोरीलाई जीवनभर साथ र भरोसा दिनुपर्ने बताएकी छन् ।
घिमिरेले विवाहपछि छोरीको घर र थर परिवर्तन भए पनि माइतीसँगको सम्बन्ध र अभिभावकीय जिम्मेवारी कहिल्यै परिवर्तन नहुने उल्लेख गरिन्। छोरीलाई विवाहपछि पनि माइतीको ढोका सधैँ खुला रहेको र अप्ठ्यारो परिस्थितिमा आफूहरू साथमै रहने विश्वास दिलाउनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)