मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झिलिमिली तिहार

ajakoartha.com · Mon Nov 09 08:33:00 UTC 2026

यतिबेला दिपावली तिहारको रौनकले शहर, बजार र गाउँ झिलिमिली भएको छ। सबैतिर उज्यालो र उल्लासमय वातावरण छ। तिहार नेपाली समाजको एक महत्वपूर्ण, सांस्कृतिक र धार्मिक पर्व हो। यसलाई उज्यालोको पर्व पनि भनिन्छ। अँध्यारोलाई चिर्दै उज्यालोतर्फ अघि बढ्ने सन्देश दिने भएकाले तिहारको विशेष महत्त्व छ।

घर, आँगन र सडकमा झिलिमिली बत्ती, दियो, मैनबत्ती, फूलमाला र रंगोलीले सजिँदा वातावरण नै उल्लासमय बन्छ। लक्ष्मीपूजा, काग तिहार, कुकुर तिहार, गाई तिहार, गोवर्धन पूजा र भाइटीका यसले निराशामाथि आशा, अज्ञानतामाथि ज्ञान र अन्धकारमाथि उज्यालोको विजयको सन्देश दिने विश्वास छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)