युक्रेन र इरानबारे जी–७ मन्त्रीहरूको बैठक हुँदै
saralpatrika.com · Mon Nov 09 08:50:11 UTC 2026

पेरिस। युक्रेन युद्ध अन्त्यका लागि निष्पक्ष समाधान खोज्न र इरानमाथि सम्भावित थप आक्रमण रोक्न कूटनीतिक प्रयास अघि बढाउने उद्देश्यले जी–७ राष्ट्रका विदेशमन्त्रीहरू सोमबारदेखि पेरिसमा दुईदिने बैठकमा सहभागी हुँदैछन्।
बैठकमा बेलायत, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाका विदेशमन्त्रीहरू सहभागी हुनेछन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियो दुवै दिन बैठकमा उपस्थित हुनेछन्। युक्रेन युद्ध अन्त्यका लागि अमेरिका, रुस र युक्रेनबीच मङ्गलबार र बुधबार अबु धाबीमा हुने वार्तामा युरोपको भूमिका सुनिश्चित गर्नुपर्ने विषय पनि बैठकको प्रमुख चासो रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)